ललितपुर जिल्ला अदालतमा खाजा समयमा समेत सेवा प्रवाह सुरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ललितपुर जिल्ला अदालतमा खाजा समयमा समेत सेवा प्रवाह सुरू



ललितपुर । ललितपुर जिल्ला अदालतले खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएको छ । अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै खाजाको समयमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको हो ।

नयाँ व्यवस्थाअनुसार, आइतबारदेखि बिहीबारसम्म खाजा समय १ः३० बजेदेखि २ः३० बजेसम्म र शुक्रबारका दिन १ बजेदेखि २ बजेसम्म तोकिएको भए तापनि, यस अवधिमा पनि अदालतको सेवा नियमित रूपमा जारी रहने भएको हो ।

अदालतले सम्पूर्ण सेवाग्राहीलाई सो जानकारीको लागि सूचना प्रकाशित गरेको छ ।

प्रकाशित : 1 April, 2026 3:19 pm