प्रतिकुलतामा एकजुट हुन नेता कार्यकर्तालाई महामन्त्री पौडेलको अपिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रतिकुलतामा एकजुट हुन नेता कार्यकर्तालाई महामन्त्री पौडेलको अपिल



काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले अहिलेको प्रतिकुलतामा छिनभिन्न भएर बिग्रन नहुने बताए ।

देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रहेर एकजुट रहेको भन्दै उनले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको स्मरण गरेका छन् ।

अहिलेको प्रतिकुलतामा पनि छिन्नभिन्न भएर बिग्रनु हुन्न भन्दै उनले पार्टी महामन्त्री मात्र नभै इमान्दार कार्यकर्ता भएर एकजुट हुन अपिल गरे। ‘अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’ उनले भने, ‘म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं’

महामन्त्री पौडेलले नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताए । ‘र, यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं,’ उनले भनेका छन् ।

प्रकाशित : 31 March, 2026 11:39 am