काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ



काठमाडौं । छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

जेनजी आन्दोलनका बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका रिजालमाथि आन्दोलन दमन गरेको आरोप छ। सोही घटनाको छानबिनपछि गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारबाही सिफारिस गरेको थियो।

यसअघि आयोगकै सिफारिसका आधारमा केपी शर्मा ओली र रमेश लेखक पनि पक्राउ परिसकेका छन्।

प्रकाशित : 31 March, 2026 8:43 am