नेप्से परिसूचक ७१.०५ अंकले ओरालो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ७१.०५ अंकले ओरालो



काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक भारी अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन नेप्से ७१.०५ अंकले ओरालो लाग्दै २८७९.११ विन्दुमा झरेको हो।

आजको कारोबारमा जम्मा ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा कुल १५ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। तर कारोबार रकम उच्च भए पनि बजारको समग्र प्रवृत्ति नकारात्मक रह्यो।

बजारमा आज केवल ९ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा २५६ कम्पनीको मूल्य घटेको छ । कारोबारका आधारमा आज रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो । जसको ७१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि ङादी ग्रुप पावर कम्पनीको ५२ करोड २८ लाख रुपैयाँ र सोलु हाइड्रोपावर कम्पनीको ४८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ।

तर बजार घटेको दिनमा पनि केही कम्पनीका लगानीकर्ताले राम्रो नाफा कमाएका छन्। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र रिज लाइन इनर्जीका लगानीकर्ताले अधिकतम १० प्रतिशतसम्म नाफा कमाएका छन् भने सूर्यकुण्ड हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन्।

अर्कोतर्फ, युनिक नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्। यस कम्पनीको शेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ।

उपसूचकतर्फ हेर्दा आज सबै १३ वटा उपसमूह राताम्य बनेका छन्। सबैभन्दा धेरै गिरावट फाइनान्स समूहमा ३.३८ प्रतिशत देखिएको छ। त्यसपछि विकास बैंक समूह २.८९ प्रतिशत, वाणिज्य बैंक समूह २.७८ प्रतिशत, इन्भेष्टमेन्ट समूह २.९८ प्रतिशत, होटल तथा पर्यटन समूह २.२५ प्रतिशत र हाइड्रोपावर समूह २.२१ प्रतिशतले घटेका छन्।

प्रकाशित : 29 March, 2026 3:19 pm