शपथ लगत्तै प्रधानमन्त्री बालेनलाई ओली–देउवाको बधाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

शपथ लगत्तै प्रधानमन्त्री बालेनलाई ओली–देउवाको बधाई



काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले बधाई तथा शुभकामना दिएका छन्। प्रधानमन्त्री पदको शपथ ग्रहण गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत बधाई सन्देश दिएका हुन्।

एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीमा नियुक्त भएकोमा बालेन शाहलाई हार्दिक बधाई व्यक्त गरेका छन्। उनले नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको कार्यकाल सफल रहोस् भन्ने शुभकामना पनि दिएका छन्।

त्यस्तै, कांग्रेसका नेता देउवाले पनि बालेनलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन्। उनले आजै नियुक्त भएका मन्त्रिपरिषद्का सबै सदस्यलाई समेत बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित : 27 March, 2026 3:48 pm