नवनिर्वाचित सांसदहरुले लिए शपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

नवनिर्वाचित सांसदहरुले लिए शपथ



काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभा सदस्यहरूलाई शपथ गराएका हुन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा उनीहरूले शपथ लिएका हुन् ।

संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सदस्यसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ । यसैबीच, दोस्रो ठूलो दलका रूपमा नेपाली कांग्रेस ३८ सिटमा सीमित भएको छ भने नेकपा एमाले २५ सदस्यसहित तेस्रो स्थानमा झरेको छ । यस्तै, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४ सांसद प्रतिनिधि सभामा रहेका छन्। संसदमा एक जना स्वतन्त्र सदस्यसमेत छन् ।

प्रकाशित : 26 March, 2026 2:38 pm