कामना र सेवा विकास बैंकको विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कामना र सेवा विकास बैंकको विशेष साधारण सभा



काठमाडौं  २५ जेठ ।कामना विकास बैंक र सेवा विकास बैंकको विशेष साधारण सभा सुरु भएको छ । कामनाको विशेष साधारण सभा होटल पोखरा ग्रान्ड पार्टी बिरौटा र सेवाको अम्रपाली कटेज एन्ड रेष्टुरेन्टको सभाहल बुटलव, ८ मा बिहान ९ बजेदेखि सुरु भएको छ । दुवै बैंक एकआपसमा मर्ज प्रक्रियामा छन् । दुई वटै बैंकले सभामा यही मर्जको विषयमा भएका सम्झौता र सहमति पत्रहरुको अनुमोदन गर्ने विशेष प्रस्ताव पेस गर्दैछन् । १ः१ अनुपातामा स्वाप रोसियो पारित गर्ने र गाभिएपछि कामना विकास बैंकको नामबाट वित्तीय कारोबार गर्ने अर्को विशेष प्रस्ताव पनि साधारण सभामा पेस गरेका छन् । मर्जपछि बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरमा राख्ने प्रस्ताव पनि साधारण सभामा पेस भएको छ । मर्ज प्रक्रिया कै कारण दुवै बैंकको गत मंसिरदेखि सेयर कारोबार बन्द छ ।

प्रकाशित : २५ जेष्ठ २०७४, बिहीबार ०५:३२