काठमाडौँ । डिजिटल परिदृश्यको विकाससँगै साइबर सुरक्षाको क्षेत्रमा महिलाहरूको नेतृत्वदायी भूमिका अपरिहार्य बन्दै गएको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै क्यान महासंघ (CAN Federation) को सफ्टवेयर तथा सेवा समितिले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (CSRI Nepal) र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCERT) सँगको सहकार्यमा “Empowering Women for a Secure Digital Future: Building Cybersecurity Leaders” शीर्षकको विशेष कार्यक्रम आज सिफलस्थित टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीमा सफलतापूर्वक सम्पन्न गरेको छ ।
क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी अधिकारीले उक्त कार्यक्रममा डिजिटल सुरक्षा मात्र नभई महिलाहरूको समग्र सुरक्षाका विषयमा गहन छलफल भएको थियो । सम्बोधनका क्रममा अधिकारीले सुर्खेतको पछिल्लो घटनालाई स्मरण गर्दै महिलाहरूका लागि डिजिटल सुरक्षाका साथै आत्मरक्षा (Self-defense) को तालिम पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिए । उनले साइबर सुरक्षामा महिला नेतृत्वलाई अगाडि ल्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । कार्यक्रममा टेक्सस कलेजका आईटी निर्देशक डा. सुमन थपलियाले स्वागत मन्तव्य राखेका थिए भने क्यान महासंघकी अध्यक्ष सुनायना घिमिरे पाण्डे र महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधि क्षेत्रमा महिला सहभागिताको रणनीतिक महत्त्वबारे आफ्ना भनाइहरू राखेकी थिइन् ।
सफ्टवेयर तथा सेवा समितिकी सभापति शीला कार्की काँसकारले सूचना प्रविधि विकासका लागि महिलाको सक्रियता अपरिहार्य रहेको बताउँदै कार्यक्रमको समापन गरेका थिए । प्राविधिक सत्रका मुख्य आकर्षणहरू: मुख्य सम्बोधन: नेपाल दूरसञ्चार प्राधिकरणकी उप–निर्देशक रोजा किरण बासुकलाले “साइबर सुरक्षाको अग्रपंक्तिमा महिला: सुरक्षित डिजिटल भविष्यको निर्माण” विषयमा कार्यपत्र प्रस्तुत गरिन् । क्यानभास र करियर: इनसाइट टेक्नोलोजीका कार्यकारी निर्देशक सुमन के. शर्माले साइबर सुरक्षामा करियरका मार्गहरू र अवरोधहरू हटाउने उपायबारे चर्चा गरे ।
उ






Comment