गगन थापाले दिए कांग्रेस सभापति पदबाट राजीनामा, कार्यसमितिले गर्ने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

गगन थापाले दिए कांग्रेस सभापति पदबाट राजीनामा, कार्यसमितिले गर्ने निर्णय



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि उनले बुधबार पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्।

गत माघमा सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्विरोध सभापति बनेका थापा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग पराजित भएका थिए।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बन्दै १८२ सिट जित्दा नेपाली कांग्रेसले ३८ सिट जितेर दोस्रो ठूलो दलमा सीमित भएको छ। थापाले दिएको राजीनामाबारे निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ।

प्रकाशित : 19 March, 2026 10:57 am