काठमाडौं । नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ।
सो योजना अनुसार नेपाल बैकबाट कर्जा उपभोग गरी वि.सं. २०७९ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रू. १ करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले वि.सं. २०८३ आषाढ मसान्त भित्र योजना अनुसार शर्त सहितको ब्याज छुट सुविधा उपभोग गरी कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएको छ।
साथै वि.सं. २०८० बैशाख १ गते पश्चात निष्कृय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले वि.सं. २०८२ चैत्र मसान्त भित्र बक्यौता सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले बैंकले जानकारी दिएको छ।






Comment