काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका ४ जना सांसदको नाम टुंगो लगाएको छ। धरानमा बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको हो । टुंगो लगाएको नाम आयोगमा पठाइने जनाइएको छ।
समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू ९पुरुष०, मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल ९सार्की० को नाम टुंगो लगाएको हो ।






Comment