ओपो ए६ नेपालमा सार्वजनिक, ७०००एमएएच ब्याट्रीसहित यस्ता छन् अन्य फिचर्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ओपो ए६ नेपालमा सार्वजनिक, ७०००एमएएच ब्याट्रीसहित यस्ता छन् अन्य फिचर्स



काठमाडौं । ओपोले नेपालमा ओपो ए६ स्मार्टफोन सार्वजनिक गरेको छ । लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गरी यो स्मार्टफोन ल्याइएको कम्पनीले जनाएको छ।

यसमा ७००० एमएएच् क्षमताको ब्याट्री रहेको छ, जसलाई ४५डब्लु सुपरभूक™ फास्ट चार्जिङ ले समर्थन गर्दछ। जसले प्रयोगकर्तालाई लामो समयसम्म प्रयोग गर्न र छिटो चार्ज गर्न सहयोग पु-याउँछ । साथै, यसमा १२०एचजेड एमोलेड अल्ट्रा–ब्राइट डिस्प्ले रहेको छ जसको अधिकतम ब्राइटनेस ११२५ निट्स सम्म पुग्छ, जसले स्मूथ भिजुअल अनुभव र बाहिरी उज्यालोमा पनि स्पष्ट दृश्य प्रदान गर्दछ ।

ओपो ए६ को अर्को प्रमुख विशेषता अन्डरवाटर फोटोग्राफी तथा भिडियोग्राफी क्षमता हो, जसलाई आइपी६९ वाटर तथा डस्ट रेसिस्टेन्स ले समर्थन गर्दछ । यसले प्रयोगकर्तालाई पानीभित्र समेत फोटो तथा भिडियो खिच्न सक्षम बनाउँछ । नेपालमा यो स्मार्टफोन ८जिबी ं २५६जिबी भेरियन्टमा ३८,९९९ रुपैयाँ मूल्यमा उपलब्ध रहेको छ । ग्राहकहरूले ४० प्रतिशत डाउन पेमेन्टसहित शुन्य प्रतिशत इएमआई सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

साथै, ११ अप्रिल २०२६ भित्र खरिद गर्ने ग्राहकहरूले एक्सटेन्डेड वारेन्टी समेत प्राप्त गर्नेछन् । यो स्मार्टफोन साफायर ब्लु र अरोरा गोल्ड गरी दुई रंगमा उपलब्ध रहेको छ ।

७०००एमएएच् ब्याट्री दैनिक प्रयोग, स्ट्रिमिङ, गेमिङ तथा अन्य मोबाइल गतिविधिका लागि लामो समयसम्म टिक्ने गरी डिजाइन गरिएको छ, जसले बारम्बार चार्ज गर्नुपर्ने आवश्यकता घटाउँछ । ४५डब्लु सुपरभूक™ फास्ट चार्जिङ को सहयोगले प्रयोगकर्ताले छोटो समयमा फोन चार्ज गरी पुनः प्रयोग गर्न सक्छन् । साथै, यस स्मार्टफोनमा रिभर्स वायर्ड चार्जिङ सुविधा पनि रहेको छ, जसको माध्यमबाट अन्य कम्प्याटिबल डिभाइसहरू पनि चार्ज गर्न सकिन्छ ।

भिजुअल अनुभवका लागि रहेको १२०एचजेड एमोलेड डिस्प्ले ले स्मूथ स्क्रोलिङ, फ्लुइड एनिमेसन तथा जीवन्त रंगहरू प्रदान गर्दछ । ११२५ निट्स पिक ब्राइटनेस का कारण तेज घाममा पनि स्क्रिन स्पष्ट देख्न सकिन्छ, जसले बाहिरी प्रयोगलाई सहज बनाउँछ ।

क्यामेरा पक्षमा ओपो ए६ मा ५०एमपी एआई मेन क्यामेरा रहेको छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा समेत विस्तृत तथा स्पष्ट फोटो खिच्न सक्षम बनाउँछ । अन्डरवाटर फोटोग्राफी तथा भिडियोग्राफी सुविधाले पानीभित्र वा वर्षाका समयमा पनि विशेष क्षणहरू कैद गर्न मद्दत गर्दछ भने आइपी६९ रेटिङ ले पानी र धुलोबाट थप सुरक्षा प्रदान गर्दछ ।

यस स्मार्टफोनमा ६एनएम स्न्यापड्रागन चिपसेट प्रयोग गरिएको छ, जसले मल्टिटास्किङ, गेमिङ तथा दैनिक प्रयोगका लागि प्रभावकारी प्रदर्शन प्रदान गर्दछ । साथै, एआई गेमबुस्ट र एआई लिंकबुस्ट ३।० ले गेमिङ अनुभवलाई सुधार गर्दै स्थिर नेटवर्क कनेक्टिभिटी सुनिश्चित गर्दछ ।

भारी प्रयोगका क्रममा पनि स्थिर प्रदर्शन कायम राख्न ओपो ए६ मा सुपरकुल भीसी कूलिङ सिस्टम समावेश गरिएको छ, जसले ताप व्यवस्थापन सुधार गर्दछ ।

साथै, यसमा ६० महिना ९५ वर्ष० सम्मको स्मूथ फ्लुएन्सी प्रोटेक्सन सुविधा रहेको छ, जसले दीर्घकालसम्म स्थिर तथा स्मूथ प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । ओपो ए६ नेपालभरका अधिकृत ओपोका स्टोरहरूमा उपलब्ध रहेको छ ।

प्रकाशित : 12 March, 2026 3:17 pm