काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैठकले गत आर्थिक वर्षको बाह्य लेखापरीक्षण प्रतिवेदन सहित गत असार मसान्तसम्मको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू सहितको लाभांश नरहेको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक र लघुवित्त संस्था सुपरीवेक्षण विभागमा पेश गर्ने निर्णय गरेको हो।






Comment