काठमाडौं । ‘आईक्यू एयर’ को पछिल्लो तथ्यांकअनुसार काठमाडौं विश्वका प्रमुख सहरमध्ये दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको छ। मंगलबार सार्वजनिक सूचकांक अनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक एक्यूआई १८६ पुगेको छ। जुन स्वास्थ्यका लागि हानिकारक स्तरमा पर्छ। सूचीमा भारतकाे दिल्ली पहिलो स्थानमा रहेको छ । जहाँ एक्यूआई २१४ मापन गरिएको छ।
यसैगरी पाकिस्तानको लाहोर तेस्रो र काेलकत्ता चौथो स्थानमा रहेका छन्। वातावरणविद्हरूका अनुसार काठमाडौँ उपत्यकामा धुलो, सवारी साधनको धुवाँ, निर्माण कार्य र मौसमीय अवस्थाका कारण प्रदूषण बढ्ने गरेको छ। चिकित्सकहरूले यस्तो अवस्थामा अनावश्यक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र विशेषगरी बालबालिका तथा वृद्धहरूले सावधानी अपनाउन सुझाव दिएका छन्।






Comment