काठमाडौं । गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित संसद भवनमा आयोजित समारोहमा नव–निर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन्।
निर्वाचनबाट १८ जना नयाँ सांसद चुनिएका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ। यसपटक १९ सांसदको कार्यकाल सकिएपछि नयाँ सदस्य निर्वाचित भएका हुन्।






Comment