काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चुनावमा १४ लाख रुपैयाँ बढी खर्च गरेका छन्।
झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा अत्याधिक मतले विजयी भएका बालेनले चुनावमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्। उनले सबैभन्दा धेरै खर्च वडास्तरीय प्रचार कार्यक्रम ९१५ दिने घरदैलो०मा ५ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन्।
विवरणअनुसार बालेनले १५ दिनका लागि इन्धनसहित २ वटा सवारीसाधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च गरेका छन्। हवाई भाडा ९५ पटक०का लागि बालेनले ३५ हजार रुपैयाँ, मतदाता प्रशिक्षण कार्यक्रमको खाजामा २८ हजार ९७० रुपैयाँ रुपैयाँ र नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ खर्चेका छन्।

यसैगरी बालेनले निर्वाचन कार्यालय सञ्चालनमा २ महिनाको पानी खर्च १ लाख २० हजार, स्टेसनरीमा २२ हजार ८२० रुपैयाँ, झन्डा र ब्याचसहितको प्रचारप्रसार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च गरेका छन्।






Comment