गगन थापालाई झड्का, अमरेश सिंह विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

गगन थापालाई झड्का, अमरेश सिंह विजयी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंह निर्वाचित भएका छन्। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ बाट निर्वाचित भएका अमरेश यस निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका हुन्।

सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन कुमार थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्। काठमाडौँ छोडेर सर्लाही गएका थापा त्यहाँका स्थानिय उम्मेदवारसँग पराजित भए। नेकपा एमालेका अमनिश कुमार यादवले ९ हजार ३४३ मत प्राप्त गरेको छन्।

प्रकाशित : २४ फाल्गुन २०८२, आइतबार ०९:४९ 8 March, 2026 9:49 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।