झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ को मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायम गरेका छन्।
हालसम्म शाहले १७ हजार ३९६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ६ हजार ७८ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणनामा शाहले ओलीमाथि उल्लेख्य मतान्तरसहित अग्रता बनाएका छन्।






Comment