सहकारी परिचयपत्र देखाएर भोट हाल्न खोज्दा दोलखाको एक केन्द्रमा मतदान अवरुद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी परिचयपत्र देखाएर भोट हाल्न खोज्दा दोलखाको एक केन्द्रमा मतदान अवरुद्ध



काठमाडौं । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–८ स्थित कालिनाग मतदानस्थलमा मतदानका क्रममा विवाद भएपछि मतदान अस्थायी रूपमा रोकिएको छ।

मतदान गर्न पुगेका केही मतदाताले सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि मतदान अधिकृतले त्यसलाई मान्यता नदिँदा विवाद उत्पन्न भएको हो। परिचयपत्र मान्य नहुने भन्दै मतदान अधिकृतले मतदान गर्न नदिएपछि मतदानस्थलमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

विवाद बढेपछि स्थिति सामान्य बनाउन उक्त केन्द्रमा मतदान अस्थायी रूपमा स्थगित गरिएको छ।

प्रकाशित : 5 March, 2026 3:47 pm