काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा बिहीबार दिउँसो १ बजेसम्म उल्लेख्य मत खसेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ।
निर्वाचन आयोगका अनुसार दिउँसो १ बजेसम्म देशभरबाट ४४ लाख ५५ हजार ७९० मत खसेको छ। विभिन्न जिल्लामा मतदाताहरू उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन्।

यस अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी करिब ३६ प्रतिशत मतदान भएको जनाइएको छ। उपत्यकाका मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति देखिएको थियो।
निर्वाचन आयोगले मतदान प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाएको छ। निर्धारित समयसम्म सबै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जानकारी दिएको छ।






Comment