झापामा अवतरण हुन नसकेपछि बालेन्द्र शाह सवार हेलिकप्टर काठमाडौं फर्कियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

झापामा अवतरण हुन नसकेपछि बालेन्द्र शाह सवार हेलिकप्टर काठमाडौं फर्कियो



काठमाडौं । बालेन्द्र शाह सवार हेलिकप्टर खराब मौसमका कारण झापा जिल्ला मा अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको छ।

जानकारी अनुसार हेली एभरेस्टको नाइन एन–एओबी नम्बरको हेलिकप्टरमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहसहित पाँच सदस्यीय टोली बिहान ९ः१२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट झापातर्फ उडेको थियो।

तर मार्गमा मौसम अनुकूल नभएपछि हेलिकप्टरलाई डाइभर्ट गरेर पुनः काठमाडौं फर्काइएको हो। सो हेलिकप्टर बिहान १०ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरेको जनाइएको छ।

यसअघि शाहले काठमाडौंमा बिहानै मतदान गरेर झापातर्फ प्रस्थान गरेका थिए।

प्रकाशित : 5 March, 2026 11:23 am