मुक्कुम्लुङ संरक्षण र ‘कोशी’ नाम खारेजीको एजेण्डामा प्रतिबद्धता नजनाउनेलाई मत नदिन अपिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मुक्कुम्लुङ संरक्षण र ‘कोशी’ नाम खारेजीको एजेण्डामा प्रतिबद्धता नजनाउनेलाई मत नदिन अपिल




काठमाडौं – मुक्कुम्लुङ संरक्षण, प्रदेश नं. १ को नाम ‘कोशी’ खारेजी तथा मुक्कुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनाको विरोध गर्दै आएका समूहहरूले ती एजेण्डामा प्रतिबद्धता नजनाउने दल तथा उम्मेदवारलाई मत नदिन मतदातासँग अपिल गरेका छन्।


शनिबार आयोजित पत्रकार सम्मेलनमा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति र प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समिति ले संयुक्त रूपमा तीन बुँदे एजेण्डा सार्वजनिक गर्दै स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।
संघर्ष समितिहरूले अघि सारेका मुख्य एजेण्डामा मुक्कुम्लुङ संरक्षण तथा बचाउ, मुक्कुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजना खारेज र प्रदेश नं. १ को नाम ‘कोशी’ खारेज रहेका छन्। ती एजेण्डामा प्रतिबद्धता जनाउन नसक्ने वा स्पष्ट धारणा नदिने दल तथा उम्मेदवारलाई मत नदिन मतदातालाई आग्रह गरिएको छ।


उक्त समूहहरूले आफ्नो पहिचान, संस्कृति तथा धार्मिक आस्थासँग जोडिएको मुक्कुम्लुङ क्षेत्रको संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्। साथै, प्रदेश नं. १ को नामकरणप्रति असन्तुष्टि जनाउँदै ‘कोशी’ नाम खारेज गरी पुनःनामांकन गर्नुपर्ने माग दोहोर्‍याएका छन्।

प्रकाशित : 1 March, 2026 2:24 pm