नवलपरासी जेनजी युवाको समर्थन विनोद चौधरीलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

नवलपरासी जेनजी युवाको समर्थन विनोद चौधरीलाई

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

नवलपरासी (पश्चिम) — नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का आम जेनजी पुस्ताका युवाहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई समर्थन गर्ने जनाएका छन् । विभिन्न स्थानका युवाहरुले सार्वजनिक रुपमा आफ्नो धारणा व्यक्त गर्दै चौधरीलाई पुनः निर्वाचित गराउन आग्रह गरेका हुन्।
यस क्षेत्रका युवाहरले आज विनोद चौधरीको समर्थनमा र्याली आयोजना गरी चौधरीको पक्षमा भोट दिन सम्पूर्ण पश्चिम नवलपरासीवासीलाई अपील समेत गरेका छन्।

स्थानीय युवा विद्या चौधरीले यस क्षेत्रमा युवामैत्री कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको बताइन्। उनका अनुसार सिजी फाउन्डेसन मार्फत सञ्चालन गरिएका विभिन्न सिपमूलक तालिमका कारण क्षेत्रका सयौं युवाहरु स्वरोजगार बन्न सफल भएका छन्। “युवाहरुलाई सीप र अवसर दिने नेतृत्व आवश्यक छ, त्यसका लागि हाम्रो समर्थन विनोद चौधरीलाई हो,” उनले भनिन्।

सुस्ता क्षेत्रकी दिव्या हरिजनले चौधरी युवाहरुका लागि प्रेरणाको स्रोत भएको बताइन्। उनले देशव्यापी रुपमा रोजगारी सिर्जनामा चौधरीको योगदान उल्लेख गर्दै सक्षम र अनुभवी व्यक्तित्व राजनीतिमा आवश्यक रहेको धारणा राखिन्। “देशभर रोजगारी सिर्जना गर्न सक्ने नेतृत्व राजनीतिमा आउनु सकारात्मक सन्देश हो,” उनले भनिन्।

बर्दघाटकी मनिषा महर्जनले पनि युवाहरुको आकांक्षा सम्बोधन गर्न सक्ने उम्मेदवारको रुपमा चौधरीलाई अघि सारेकी छन्। “उहाँ युवाहरुको आइकन हुनुहुन्छ। निजी क्षेत्रको दक्षता अब विकासमा प्रयोग गर्न दिनुपर्छ,” उनले भनिन्।

प्रकाशित : १६ फाल्गुन २०८२, शनिबार १०:४० 28 February, 2026 10:40 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।