काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्ष होली पर्वका अवसरमा मञ्च बनाएर सांगीतिक कार्यक्रम तथा मेला–महोत्सव आयोजना गर्न रोक लगाएको छ।
कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ८८ मुक्तिराम रिजाल८८का अनुसार निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।
जारी सूचनामा खुला सडक र सार्वजनिक स्थानमा भिड जम्मा गर्ने, मादक पदार्थ बिक्री–वितरण तथा सेवन गर्ने र निर्वाचन आचारसंहिता विपरीत गतिविधि नगर्न आग्रह गरिएको छ।
साथै निर्वाचन चिह्न वा उम्मेदवारको तस्वीर अंकित कपडा, लोगो, स्टिकर लगायतका सामग्री प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। कसैको इच्छा विपरीत रंग–अबिर दल्न वा लोला हान्नसमेत रोक लगाइएको प्रशासनले जनाएको छ।







Comment