काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० को विन्दुमा पुगेर रोकिएको हो। मंगलबार सेन्सेटिभ इण्डेक्स २.३१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक बढेको छ।
आज २१३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ।आज ३२८ कम्पनीको ९३ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २३ करोडको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको १६ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९.३१ प्रतिशत, हिमालयन पावरका लगानीकर्ताले ९.१५ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले गुमाएका छन् । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।






Comment