काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जलज कुमार अधिकारी नियुक्त भएका छन् । फागुन ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई फागुन ११ गतेबाट लागू हुनेगरी उक्त जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । यसअघिका कम्पनीका सीईओ तोयराज अधिकारीले राजीनामा दिएपछि कम्पनीको सीईओ पद रिक्त थियो।
माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तोयराज अधिकारीको राजीनामा स्वीकृत गरेको थियो । बैठकले कम्पनीकी सहायक महाप्रबन्धक अर्चना प्रधानलाई कम्पनीको कामु सीईओको जिम्मेवारी प्रदान गरेको थियो ।






Comment