काठमाडौं २३ जेठ । गुडविल फाइनान्स लिमिटेडको असार २ गते दर्ता किताब बन्द हुने भएको छ। फाइनान्सले लगानीकर्ताका लागि १० बराबर ६ को अनुपातमा हकप्रद शेयर दिन लागेकोले असार २ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।
फाइनान्सले १०० रुपैयाँ अंकित मूल्यमा २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको हो । हकप्रद बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्ति गरेको छ ।
6 June, 2017 6:31 am





Comment