काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समृद्धि र समुन्नतीको अर्थ स्पष्ट पार्दै समाजिक न्याय र सबैको हक अधिकार सुनिश्चित गर्ने कुरामा जोड दिएका छन् ।
बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कांग्रेसको चुनावी प्रतिज्ञामा गगन थापासँग सवाल–जवाफ कार्यक्रममा बोल्दै उनले समृद्धि भित्र सपनालाई कैद गर्ने नभई सबैको हक अधिकार सुनिश्चित गर्नेमा जोड दिए ।
उनले भने, ‘समृद्धि र समुन्नती पछिल्लो समय चलेको दुई शब्द हुन् । समृद्धिले के बताउँछ भने समृद्धिले अझैं १० वर्ष हाम्रो औद्योगिकरण, आय अहिलेको भन्दा १० गुनाले बढ्यो भने समृद्धि भएको मान्छौ । तर हामीले समृद्धि भित्र सपनालाई कैद गर्न खोज्यौ । समुन्नती भनेर सपनालाई कैद गर्यौ ।’
उनले समृद्धि भित्र महिलामाथि हुने हिँसा, छुवाछुत नघटे समृद्धि र समुन्नती समाज नमान्ने बताए ।
‘१० वर्षमा हाम्रो आय, आम्दानी बढ्दै गर्दै मानौँ महिलामाथि हुने हिँसा घटेन भने नेपाल थप समृद्ध भएको मान्छौ कि मान्दैनौ ? छुवाछुत घटेन भने मान्ने कि नमान्ने? हाम्रो हक अधिकार राज्यले दिलाउन सकेन भने हामी मान्दैनौ,’ उनले भने ।
उनले संसरभरी छरिएका नेपालीको अभिभावक बन्ने भन्दै प्रवासी नेपालीहरूको योगदानमा पनि जोड दिए ।
‘हाम्रो राज्य प्रवासमा रहेर प्रौरख र सामाथ्र्य खर्चिरहेका नेपालीहरुको पनि अभिभावक हुनेछ । संसरभरी छरिएका नेपालीको भावना, ज्ञान, सिप र पूँजी र मातृभुमीको पुर्न जागरणमा जोडिनेछ,’ उनले भने ।






Comment