नेप्से परिसूचक घट्यो, कारोबार रकम ७ अर्ब ९४ करोड रुपैयाँमा सीमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

नेप्से परिसूचक घट्यो, कारोबार रकम ७ अर्ब ९४ करोड रुपैयाँमा सीमित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ८.१६ अंक घटेर २६६२.९१ विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३५ कम्पनीको ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिलायन्स र सालपा गत बिहीबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका कम्पनी हुन्।

त्यस्तै, आज अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य सवैभन्दा बढी बढेको छ। कारोबारमा आएको खानी खोला हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज आँखु खोला जलविद्युत कम्पनीको करिब साढे ५२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।

प्रकाशित : ४ फाल्गुन २०८२, सोमबार १५:५२ 16 February, 2026 3:52 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।