काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से ८.९७ अंकले घटेर २६७१.०७ को बिन्दुमा बन्द भएको छ । बिहीबार १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ । यस दिन ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाख रुपैयाँको कारोबार भएको हो ।बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ७० करोड ५३ लाख रुपैयाँकाे काराेबार भएकाे हाे । यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ । त्यसैगरी, रसुवागढी हाइड्रोपावरको सेयर मूल्य यस दिन ९.८८ प्रतिशत र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ७.०२ प्रतिशतले बढेकाे छ । कालिञ्चोक दर्शनको सेयरमूल्य यस दिन सर्वाधिक ७.५९ प्रतिशत घटेको छ।






Comment