आँखुखोला जलविद्युत: नाफा,आम्दानी दुवैमा उल्लेख्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आँखुखोला जलविद्युत: नाफा,आम्दानी दुवैमा उल्लेख्य सुधार



काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा ४ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा १४७.९३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ८६ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

कम्पनीका अनुसार, विद्युत बिक्री आम्दानी पनि वृद्धि भएको छ। यस अवधिमा १३ करोड ४४ लाख रुपैयाँको विद्युत बिक्री भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४५.९७ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ९ करोड २१ लाख आर्जन गरेको थियो ।

कम्पनीको वित्त आम्दानी २८ लाख ८२ हजारबाट बढेर ८९ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने वित्तीय खर्च ४.६८ करोडबाट घटेर ३.२२ करोडमा सीमित भएको छ। कम्पनीको प्रशासनिक तथा साधारण खर्च ७७ लाख ३८ हजारबाट घटेर ३५ लाख ३६ हजारमा सीमित बनेको छ । यद्यपी कम्पनीको साधारण तथा वितरण खर्च भने १ करोड ८१ लाखबाट बढेर २ करोड १४ लाख पुगेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति ७१ करोड ६३ लाख र कुल चालु दायित्व १२ करोड ४० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस)४.६३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४ गुणा र तरलता अनुपात ५.७८ प्रतिशत कायम भएको छ ।

प्रकाशित : 9 February, 2026 11:09 am