बलाजुमा याडिया शोरूम, एक हप्तासम्म विशेष अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

बलाजुमा याडिया शोरूम, एक हप्तासम्म विशेष अफर



काठमाडौं । विश्वकै नम्बर–१ इलेक्ट्रिक स्कुटर ब्रान्ड याडिया (Yadea) को नयाँ शोरूम याडिया बलाजु आज बलाजुस्थित गोरखा प्यालेसमा औपचारिक रूपमा उद्घाटन गरिएको छ। याडियाले लगातार ९ वर्षसम्म विश्वव्यापी बिक्री संख्यामा नम्बर–१ स्थान कायम गर्दै आएको छ।

नेपालमा याडियाको आधिकारिक तथा एकमात्र वितरक कुजु नेपाल (Kuzu Nepal) मार्फत लोकप्रिय इलेक्ट्रिक सवारी साधनहरू Velax, Owin र e8s Pro बिक्री हुँदै आएका छन्। नेपालभर आफ्ना डिलरशिपहरू विस्तार गर्ने क्रममा अटो नेपाल ट्रेड ले याडिया बलाजु शोरूम सञ्चालनमा ल्याएको हो।

शोरूमको ग्रान्ड ओपनिङको अवसरमा एक हप्तासम्म ग्राहकहरूका लागि अतिरिक्त रु. १०,००० छुटको विशेष अफर घोषणा गरिएको छ। साथै, शोरूममा एक्सचेञ्ज क्याम्प पनि सञ्चालनमा रहेको छ, जहाँ ग्राहकहरूले कुनै पनि प्रकारका दुई पांग्रे सवारी साधन ल्याएर अतिरिक्त मूल्यांकन (Extra Valuation) सहित अतिरिक्त रु. १०,००० छुट प्राप्त गर्न सक्नेछन्।

अटो नेपाल ट्रेडका प्रोप्राइटर अनिर मास्केले बलाजु क्षेत्रमा इलेक्ट्रिक सवारी साधनप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै याडिया बलाजु शोरूम सञ्चालनमा ल्याइएको जानकारी दिए। उद्घाटन अवसरमा मास्के परिवारका सदस्यहरू सशिन मास्के, सुप्रिया मास्के, सुबाश्ना मास्के र आश्ना मास्केको समेत उपस्थिति रहेको थियो।

अर मास्केले बलाजु तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई पर्यावरणमैत्री, भरपर्दो र अत्याधुनिक याडिया ईभी उपलब्ध गराउने लक्ष्यसहित शोरूम सञ्चालन गरिएको बताए। याडिया बलाजु शोरूममार्फत बलाजु क्षेत्रमा इलेक्ट्रिक सवारी साधनको प्रयोग थप विस्तार हुने विश्वास गरिएको छ।

प्रकाशित : 8 February, 2026 6:06 pm