सुपर खुदी हाइड्रोपावर लिमिटेडले आगामी फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ ।
कम्पनीले आम सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले सामूहिक लगानी कोषका लागि ७७ हजार ५ सय कित्ता र कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १० गते र ढिलोमा फागुन १९ गते हुनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणअन्तर्गत कम्पनीले गत पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आईपीओ जारी गरेको थियो ।
पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो ।





Comment