आइएमई लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो



आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सले २७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३६.४५ प्रतिशत र कुल आम्दानी २७.५९ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी ३०.७१ प्रतिशत बढेको छ भने कुल खर्च ३०.०६ प्रतिशत बढेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ११ पैसा बढेर १० रुपैयाँ ८३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.११ गुणा रहेको छ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा २८ करोड ९८ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा ४३ करोड ४२ लाख रुपैयाँ र अन्य इक्विटीमा २१ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित : 5 February, 2026 10:56 am