आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न प्रदेशका शाखाका लागि ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । कम्पनीले कोशी प्रदेशको ओखलढुङ्गा, लुम्बिनी प्रदेशका जितपुर, गुल्मी, चन्द्रौटा र पाल्पा तथा सुदूरपश्चिम प्रदेशका सुख्खड र बैतडीमा ब्रान्च म्यानेजर आवश्यक रहेको जनाएको छ ।

उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवश्यक योग्यता, अनुभव तथा आवेदन प्रक्रियाबारे विस्तृत जानकारी कम्पनीको आधिकारिक सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित : 4 February, 2026 3:00 pm