प्रणय दिवसलाई बुध्द एयरको विशेष अफर, एउटा टिकटबाट २ जनालाई माउन्टेन फ्लाइट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रणय दिवसलाई बुध्द एयरको विशेष अफर, एउटा टिकटबाट २ जनालाई माउन्टेन फ्लाइट



काठमाडौं । बुध्द एयरले ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष अफर ल्याएको छ । यही १४ तारेखको लागि बुध्द एयरले ‘भ्यालेन्टाइन अफर’ सार्वजनिक गरेको छ।

हरेक वर्ष मनाइने प्रेम दिवसलाई अविस्मरणीय बनाउन बुद्ध एयरले ‘एभरेष्ट एक्सपेरियन्स’ उडानमा एकै टिकटमा दुई जना उड्न मिल्ने योजना ल्याएको छ। यस्तो टिकेट एउटा खरिद गर्दा अर्को एक टिकट नि:शुल्क उपलब्ध गराउने छ । यस योजना अन्तर्गत जोडीहरूले १४ हजार २६५ मा सगरमाथालगायतका विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न पाउनेछन्।

माउन्टेन फ्लाइटनमा जाने यात्रुको उडान काठमाडौं विमानस्थलबाट सुरु भई करिब १ घण्टाको हिमाली दृश्यावलोकनपछि जहाज पुनः काठमाडौंमै अवतरण हुनेछ ।

प्रेम दिवसको दिनको माउन्टेन फ्लाइटको उडानमा सहभागी जोडीहरूलाई गुलाबको फूल, चकलेटलगायत उपहार प्रदान गरिने बुध्द एयरले जानकारी दिएको छ ।

बुध्द एयरले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रेमिल जोडीहरूलाई हिमालको काखमा माया साटासाट गर्ने अवसर प्रदान गर्न यो प्याकेज ल्याएको दाबी गरेको छ ।

यस अफरका सिटहरू सीमित भएकाले इच्छुक यात्रुहरूले समयमै आफ्नो टिकट सुरक्षित गर्न बुद्ध एयरले अनुरोध गरेको छ। टिकट बुकिङका लागि बुद्ध एयरको आधिकारिक वेबसाइट, मोबाइल एप वा नजिकैको सेल्स काउन्टरमा सम्पर्क गर्न सकिने पनि सम्बन्धित वायुसेवाले जानकारी दिएको छ ।

प्रकाशित : 3 February, 2026 2:48 pm