काठमाडाै । नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले फागुन ११ गते सोमबार लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा ३० औं वार्षिक साधारण सभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि १२.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिन प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले माघ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २२ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।





Comment