काठमाडौं, २१ जेठ ।नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ। आइतबार सुन एक तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।यसअघि बिहीबार प्रतितोला ५४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।आइतबार बजार खुल्दा यसमा ६ सय रुपैयाँले बृद्धि भइ प्रतितोला ५५ हजार २ सय रुपैयाँ पुगेको हो ।पहेँलो धातु प्रति १० ग्रामको ४७ हजार ३२५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यवसायी संघले जनाएको छ।
यसैगरी चाँदीमा पनि प्रतितोला १० रुपैयाँ बढेको छ। चाँदी प्रतितोला ७७५ रुपैयाँ मूल्य कायम भएको छ ।यसअघि बिहीबार प्रतितोला ७६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।
4 June, 2017 6:23 am








Comment