काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले नियमित गस्ती बढाउँदै संयुक्त सुरक्षा अभियान सुरु गरेको छ ।
काठमाडौंका विभिन्न स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती भइरहेको छ । यससँगै होटल, लज र सार्वजनिक स्थलहरूमा कुकुरसहितको जाँच (डग स्निफिङ) तथा आकस्मिक ‘सरप्राइज चेकिङ’ पनि तीव्र बनाइएको छ ।
प्रहरीका अनुसार सम्भावित सुरक्षा चुनौतीका सूचनाहरू संकलन गरेर त्यसको विश्लेषणका आधारमा सुरक्षा रणनीति बनाइँदै छ। निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने लक्ष्यसहित सुरक्षा निकायहरू समन्वयमा खटिएका छन्।
काठमाडौं जिल्लामा ३२० मतदानस्थल रहेका छन्। तीमध्ये १७६ वटा सामान्य र १४४ वटा संवेदनशील सूचीमा राखिएका छन्। अतिसंवेदनशील मतदानस्थल भने काठमाडौंमा छैनन्।
निर्वाचन सुरक्षाका लागि काठमाडौंमा मात्रै ३ हजार ८५४ जना निर्वाचन प्रहरी परिचालन गरिएको छ ।







Comment