जिके पोख्रेलको शब्द, सङ्गीत र आवाजमा ‘इन्दिरा’ सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

जिके पोख्रेलको शब्द, सङ्गीत र आवाजमा ‘इन्दिरा’ सार्वजनिक




काठमाडौं । पत्रकार तथा साहित्यकार जिके पोख्रेलको शब्द, सङ्गीत र आवाजमा तयार भएको ‘इन्दिरा’ शीर्षकको गीत सार्वजनिक भएको छ। गीतमा गायनतर्फ जिके पोख्रेललाई एलिना चौहानले साथ दिएकी छन्। म्युजिक नेपालमा रेकर्ड गरिएको गीत म्युजिक नेपालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

नृत्य प्रधान यस गीतको कोरियोग्राफी राजाराम सिम्खडाले गरेका छन्। म्युजिक भिडियोमा विमल अधिकारी र स्मारिका ढकालको अभिनय तथा नृत्य देख्न सकिन्छ। अनुभवी छायाँकार राजेश घिमिरेले छायाङ्कन गरेको भिडियोको सम्पादन र कलरिङ दीपक विष्टले गरेका हुन्।

गीतबारे पोख्रेलले करिब डेढ दशक कला क्षेत्रमा सक्रिय रहेपछि प्राध्यापन र पत्रकारितामा व्यस्त हुनुपरेको अनुभव साझा गरेका छन्। प्राध्यापन कर्म छोडेपछि गीत लेखन र कम्पोजमा समय निकाल्न सकेको र ‘इन्दिरा’ तिनैमध्ये नृत्य प्रधान गीत भएको उनले बताए। गीतको पहिलो स्थायीको ‘टुक्का’ सुन्न थालेपछि दर्शक अन्तिमसम्मै सुन्न लालायित हुने उनको विश्वास छ।

साङ्गीतिक बजारमा आइरहेका आम गीतभन्दा फरक स्वाद, म्युजिक इन्डस्ट्रीका स्थापित कलाकारहरूको सहभागिता र म्युजिक नेपालजस्तो ‘अर्काइभ च्यानल’ बाट सार्वजनिक हुनु नै ‘इन्दिरा’को सबल पक्ष भएको पोख्रेलले उल्लेख गरे।
गीता भुसाल र बाबुराम काफ्लेले उत्पादन गरेको भिडियोको निर्देशन नरेन्द्रराज भट्टराईले गरेका हुन्।

प्रकाशित : 26 January, 2026 10:10 pm