बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई



काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका सचिव पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव रहेकी पौडेललाई सरकारले बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको नेपाल सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । अर्को व्यवस्था नहुँदासम्म प्राधिकरणको अध्यक्षको रूपमा कामकाज गर्ने गरी जिम्मेवारी तोकेको उनले बताए ।

प्राधिकरणको अध्यक्षलाई सरकारले बर्खास्त गरेसँगै प्राधिकरणको अध्यक्ष पद रिक्त छ । ओझालाई बर्खास्त गरी सरकारले नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया अगाडि बढाए पनि ओझाले सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएपछि नयाँ अध्यक्ष नियुक्त हुन सकेको छैन ।

जेनजी आन्दोलनपछि गठन भएको सरकारले नेपाल सरकारको तर्फबाट प्राधिकरणको बोर्डमा प्रतिनिधित्व गर्ने सहसचिवलाई नै प्राधिकरणको अध्यक्षको रूपमा काम गर्ने जिम्मेवारी तोक्दै आएको छ ।

प्राधिकरणको अध्यक्षको रूपमा सरकारले सहसचिव जनकराज शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएकोमा अब भने सचिव चन्द्रकला पौडेलले उक्त जिम्मेवारी पाएकी छन् ।

प्रकाशित : 26 January, 2026 6:15 pm