गणपति लघुवित्तले बनायाे सेयरधनीको हात खाली, लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

अर्थतन्त्र

गणपति लघुवित्तले बनायाे सेयरधनीको हात खाली, लाभांश नदिने

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीकाे माघ ७ गते बसेको सञ्चालक समितिको १३८ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले सोही बमोजिमको आर्थिक विवरणहरु संस्थाको आगामी साधारण सभामा पेश गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत गरेको छ । कम्पनीले आव २०८०/८१ का लागि पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेकाे थिएन ।

प्रकाशित : ८ माघ २०८२, बिहिबार १०:५८ 22 January, 2026 10:58 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।