करिब साढे तीन करोड लुटिएको एसबीआई बैंक प्रकरणमा चार जना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थतन्त्र

करिब साढे तीन करोड लुटिएको एसबीआई बैंक प्रकरणमा चार जना पक्राउ



काठमाडाैँ । एसबीआई बैंक लुटपाटमा संलग्न चार लुटेरा पक्राउ परेका छन । मंगलबार राति सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न भएका चार जना पक्राउ परेको सिन्धुली प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

स्थानीयको सहयोगका लुटेराहरू पक्राउ परेका हुन । उनीहरूले बिएडी ०३९८ नम्बरको टाटासमुको प्रयोग गरेर सात जनाको समूहले बैंक लुटेका थिए । बैंकका सुरक्षाकर्मी माथि धारिलो हतियार प्रयोग गरी घाइते बनाएर बैंक लुटपाट भएको थियो । बैंकबाट लुटिएको मध्ये दुइ बोरा पैसा स्थानीयको सहयोगमा प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार बैंकबाट करिब तीन करोड सात लाख रुपैयाँ लुटिएको अनुमान छ। पक्राउ परेकाहरूसँग थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 14 January, 2026 11:51 am