नेपाल एसबिआई बैंकमा डकैती: सुरक्षा गार्डको हात काटियो, कर्मचारी बाँधेर रकम लुटियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थबजार स्टोरी

नेपाल एसबिआई बैंकमा डकैती: सुरक्षा गार्डको हात काटियो, कर्मचारी बाँधेर रकम लुटियो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौ । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखामा लुटपाट भएको छ।

आज बेलुकीतिर आएका लुटेराहरूले बैंकका सुरक्षा गार्डमाथि आक्रमण गरी घाइते बनाउँदै कर्मचारीलाई नियन्त्रणमा लिएर रकम लुटेर फरार भएका छन्।
स्थानीय बिर्ख वाइवा तामाङका अनुसार लुटपाटका क्रममा सुरक्षा गार्डको हातमा गम्भीर चोट लागेको छ।

घाइते सुरक्षा गार्डलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। लुटेराहरूले बैंकका कर्मचारीलाई बाँधेर नगद रकम लिएर भागेको बताइएको छ।

घटनापछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। लुटेराहरूको पहिचान र लुटिएको रकमको विवरण सङ्कलन भइरहेको जनाउँदै प्रहरीले थप विवरण आउन बाँकी रहेको जनाएको छ।

प्रकाशित : २९ पुस २०८२, मंगलबार २२:०७ 13 January, 2026 10:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।