मेगा सहकारी लुट्ने पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मेगा सहकारी लुट्ने पक्राउ



काठमाडौ । यति डेभलपमेन्ट बैंकका कर्मचारीलाई गोली प्रहार गरी रकम लुटेर फरार भएकामध्येका एक लुटेरालाई प्रहरीले कञ्चनपुर जिल्लाबाट पक्राउ गरेको छ ।

विसं २०७१ वैशाख १५ गते पोखराको न्युरोडमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्थाबाट रकम निकालेर यति डेभलपमेन्ट बैंकमा जम्मा गर्न लैजाँदै गर्दा बैंकका कर्मचारी भगवान् बराललाई गोली प्रहार गरी रकम लिएर फरार भएका मध्येका एक लुटेरा रोल्पा जिल्ला घोडागाउँ गाविस निवासी विकल्प भन्ने विजय केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

केसीविरुद्ध सोमबार कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले उक्त घटनाका योजनाकार सुशीलकुमार दुलाललाई गत वर्षको मङ्सिर १४ गते हातहतियारसहित पोखराको खहरेबाट पक्राउ गरिसकेको थियो ।

केसीले सहकारीबाट रु ३१ लाख ४२ हजार झिकेर बैंकमा जम्मा गर्न लैजाँदै गर्दा बराललाई सहकारी रहेको भवनको भुइँतलामा गोली प्रहार गरी रकम लुटेका थिए ।

उनले २०७० भदौ २८ गते पनि नयाँ बजारको कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्थामा जम्मा गर्न चिप्लेढुङ्गामा रहेको एपेक्स बैंकबाट रु नौ लाख झिकेका सहकारी संस्थाका कर्मचारी शालीग्राम पौडेललाई पनि डर धम्की देखाई लुटेका थिए ।

प्रकाशित : २१ असार २०७२, सोमबार १३:२६