काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बीच नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा बैंकमा खाता रहेका ग्राहकहरूलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
पौष २३ गते सम्पन्न सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी, उनीहरूका परिवार तथा बैंकका खातावाल ग्राहकहरूले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा अस्पतालका विभिन्न उपचार सेवामा लाग्ने बिल रकममा ५ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरेका हुन्।
यस सम्झौतामार्फत नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकका खातावाल ग्राहकहरू ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. ले प्रदान गर्ने सहुलियतपूर्ण तथा गुणस्तरीय स्वास्थ्य सेवाबाट लाभान्वित हुने अपेक्षा बैकले गरेको छ।






Comment