आइएमई लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारणसभा सम्पन्न, १०.५२ प्रतिशत नगद लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

आइएमई लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारणसभा सम्पन्न, १०.५२ प्रतिशत नगद लाभांश पारित



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा। राम हरि अर्यालको नेतृत्वमा सम्पन्न भएको हो।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.५२६३२ प्रतिशत नगद लाभांश ९कर सहित० वितरणको प्रस्ताव पारित गरेको छ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण पनि सभाले गरेको छ।

त्यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चहरू अनुमोदन र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव आएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाबाट पारित भएको छ।

वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द ९बूक क्लोज० गरेको थियो। तसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस १० गतेसम्म यस कम्पनीको शेयर किनेका शेयरधनीहरूले लाभांश पाउने भएका छन्।

प्रकाशित : 8 January, 2026 3:37 pm