काठमाडौं – शैक्षिक परामर्श व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था एजुकेसन कन्सल्टेन्सिज एसोसिएसन अफ नेपाल (ECAN) को आगामी निर्वाचन २०८२ का लागि ‘एजेन्डा एन्ड्र्यु’ समूहले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेको छ। अनुभवी व्यवसायी लक्ष्मण (एन्ड्र्यु) पौडेलको नेतृत्वमा तयार भएको यो समूहले संस्थाको नेतृत्व लिँदै शैक्षिक परामर्श क्षेत्रमा देखिएका जल्दाबल्दा समस्या समाधान गर्ने प्रतिबद्धतासहित चुनावी अभियान सुरु गरेको हो।
पौडेल समूहले सार्वजनिक गरेको नामावलीमा अनुभवी र नयाँ पुस्ताको मिश्रण देखिन्छ। यस समूहको कार्यकारिणी समितिमा उम्मेदवारी दिने प्रमुख पदाधिकारीहरू यस प्रकार छन्:
- अध्यक्ष: लक्ष्मण (Andrew) पौडेल
- महासचिव: नवराज के.सी.
- कोषाध्यक्ष: साधना पुडासैनी
उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी:
- गीता शिवाकोटी (गीताञ्जली)
- चारु देव दाहाल
- पुष्पराज भट्टराई (डाक्टर)
सचिव तथा सह-कोषाध्यक्ष:
- सचिव: एल.बी. तामाङ (गोले) र भुपाल के.सी.
- सह-कोषाध्यक्ष: भीमबहादुर थापा
समूहले दिनेश पौडेल, मेषराज राय (भीष्म), प्रभात पौडेल र शिव प्रसाद अर्याललाई सदस्य पदमा उम्मेदवार बनाएको छ।
’एजेन्डा एन्ड्र्यु’ समूहले समग्र शैक्षिक परामर्श क्षेत्रको व्यावसायिक मर्यादा कायम गर्दै सरकारी नीतिको प्रभावकारी कार्यान्वयन, सदस्य संस्थाहरूको हकहितको रक्षा र अन्तर्राष्ट्रिय शिक्षा बजारमा नेपाली परामर्शदाताहरूको पहुँच विस्तारलाई आफ्नो प्रमुख एजेन्डा बनाएको स्रोतले जनाएको छ।






Comment