काठमाडौं । सोमबार शेयर बजार भारी अंकले बढेको छ । आज नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३.३७ को विन्दुमा कायम भएको छ । आज २१४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बन्दीपुर केबलकारको २० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको १७ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनकिा लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबेभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।
त्यसैगरी आज नेप्सेको १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.६५ प्रतिशत, विकास बैंक समूहको २.७० प्रतिशत, फाइनान्स समूहको ०.८३ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५३ प्रतिशत, हाइड्रोपावर समूहको १.४४ प्रतिशतले शेयर मूल्य बढेको देखिन्छ ।






Comment