काठमाडौँ । म्याक्सस ईभीको नेपालका लागि आधिकारिक वितरक हिमालया मोट्रोक्स प्रा.लि. ले आफ्ना तीन प्रिमियम विद्युतीय सवारी साधनहरूको नयाँ मूल्य सार्वजनिक गरेको छ। यसले नेपाली विद्युतीय सवारी बजारप्रतिको म्याक्ससको निरन्तर प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

नयाँ मूल्यअनुसार म्याक्सस ईटेरोन ९ लक्जरी को मूल्य रु. १ करोड १० लाख, ईटेरोन ९ प्रिमियम को मूल्य रु. १ करोड १८ लाख, र प्रिमियम विद्युतीय एमपीभी म्याक्सस मिफा ७ को मूल्य रु. १ करोड २४ लाख ९९ हजार तोकिएको छ।
ग्राहक पहुँच बढाउने र सेवा सुविधालाई अझ सुदृढ बनाउने उद्देश्यले म्याक्सस नेपालले आफ्नो आधिकारिक डिलर सञ्जाललाई नेपालका चार प्रमुख शहरहरूमा विस्तार गरेको छ। अब ग्राहकहरूले काठमाडौँ, पोखरा, विराटनगर र बिर्तामोड मा रहेका म्याक्सस डिलरहरूबाट सेवा लिन सक्नेछन्।
यसका साथै, बुटवल, नारायणगढ र नेपालगञ्ज मा नयाँ डिलरशिप स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ, जसले म्याक्ससको राष्ट्रव्यापी उपस्थितिलाई थप मजबुत बनाउनेछ।
म्याक्ससका सेवा केन्द्रहरू काठमाडौँ उपत्यकामा स्वयम्भू र धोबीघाट मा सञ्चालनमा छन्। उपत्यकाबाहिर पोखरा, विराटनगर र बिर्तामोड मा पनि सेवा सुविधा उपलब्ध रहेकोले म्याक्सस ग्राहकहरूले छिटो र सहज सेवा पाउनेछन्।

विद्युतीय पिकअप सेग्मेन्टमा म्याक्सस ईटेरोन ९ ले उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिका कारण विशेष स्थान बनाएको छ। यसमा रहेको ३२५ किलोवाट क्षमताको डुअल मोटर सिस्टम ले ७०० एनएम टर्क प्रदान गर्दछ। साथै, १०२ किलोवाट–घण्टाको ब्याट्री मार्फत यसले ५६० किलोमिटर (NEDC) सम्मको ड्राइभिङ रेन्ज उपलब्ध गराउँछ। समायोज्य राइड हाइटसहितको इन्डिपेन्डेन्ट एयर सस्पेन्सन ले अफरोड तथा खराब सडकमा समेत उत्कृष्ट आराम र स्थिरता प्रदान गर्छ।
उच्च प्रदर्शन, प्रिमियम सुविधा तथा विस्तार हुँदै गएको डिलर र सेवा सञ्जालमार्फत म्याक्सस नेपालले नेपाललाई स्वच्छ, स्मार्ट र दिगो विद्युतीय यातायाततर्फ अग्रसर गराउने लक्ष्य लिएको छ।
एसएआईसी / म्याक्ससबारे
एसएआईसी मोटर्स सन् १९५५ मा स्थापना भएको चीन सरकारको स्वामित्वमा रहेको अग्रणी अटोमोबाइल कम्पनी हो। यो चीनका “बिग फोर” अटोमेकरमध्ये एक हो। कम्पनीले भोक्सवागन र जनरल मोटर्स जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग संयुक्त उद्यममार्फत तथा आफ्नै ब्रान्डहरू एमजी, रोवे र म्याक्सस अन्तर्गत विश्वव्यापी रूपमा सवारी साधन उत्पादन र बिक्री गर्दै आएको छ।






Comment